काठमाडौँ। नेपाल सानो मुलुक भएपछि यहाँको सांस्कृतिक विविधता लोभलाग्दो छ। विभिन्न जातजातीको संस्कृति झल्काउने आफ्नै रितिरिवाज र चालचलन छ, छँदैछ उनीहरुको पर्वमा अर्को फरक समूदायले पनि पनि उत्तीकै सम्मान र हार्दिकता देखाउँछन्।
यस्तैमा एक हो–तामाङ समुदायले मनाउने ल्होसार। माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५६औँ वर्ष शुरु हुन्छ। आजदेखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ। प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व मनाइन्छ। मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए। तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ। शनिबार मनाइने पर्वका अवसरमा वाग्मती प्रदेशले शुक्रबार नै प्रदेशभर सार्वजनिक बिदा दिएको थियो।
तस्बिरः मुकुन्द कालिकोटे