विष्णु र जीवनको स्वरमा ‘चाइनेजो’ (भिडियोसहित)


काठमाडौँ। लोकप्रिय गायिका विष्णु माझी र सर्जक तथा गायक जीवन पन्तको समुधुर स्वरमा नयाँ लोकगीत बजारमा आएको छ।

चाइनेजो बोलको गीतका शब्द नारायण कँडेल र संगीत गायक पन्तले र्सिजना गरेका हुन्। यम थापा मगरको संगीत संयोजन रहेको गीत सार्थक डिजिटलले बजारमा ल्याएको हो।

दिपेन्द्र तिमल्सिनाले निर्देशन गरिएको म्युजिक भिडियोमा नायिका आँचल शर्मा, सलोन बस्नेत र रामचन्द्र अधिकारीको अभिनय देख्न सकिन्छ।