काठमाडौँ। गत माघ ९ गते सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरी ग१च ८१५७ नम्बरको पजेरो गाडी चढेर जोगवनी हुँदै दक्षिणतर्फ लागेका थिए। उनी फरार हुँदा यता प्रहरीलाई तनाव र्सिजना भएको छ।
उनी विराटनगरको जोगवनी नाका हुँदै भारततर्फ गएको जिल्ला प्रहरी कार्यालय मोरङले पुष्टि गरेको छ थियो। प्रहरीले सरकारले गिरीलाई दिएका सुरक्षाकर्मी भने सीमाबाटै फिर्ताभएको जनाएको छ।
कहाँसम्म गएको र कहिले नेपाल फर्किने भन्ने बारेमा केही पनि कुरा जानकारी गराइएको छैन। अदालत नपुगिकन सिधै जोगवनी हानिएका उनले दिउँसो १ बजे सीमा पार गरेका हुन्।
मध्यरातमा बोलाएर सुनसरीको चतराधामस्थित आफ्नै आश्रममा कात्तिक ४ गते बलात्कार गरेको किटानी जाहेरी एक महिला अनुयायीले दिएपछि सिद्धबाबालाई मंसिर १६ गते पक्राउ गरेर सुनसरी प्रहरीले जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो।
मंसिर १६ गतेबाट विराटनगरस्थित विराटनगर अस्पताल एवं विराट नर्सिङ होममा भर्ना भएका सिद्धबाबा ३८ दिनसम्म अस्पतालमा बसेका थिए। प्रहरीले उनको बयान अस्पतालमै लिएको थियो।
केही दिनअघि गायिका आस्था राउत प्रकरणमा विवादमा तानिएको घटना सेलाउन नपाउँदै प्रहरी सिद्धबाबा भारत पसेको घटनाले विवादमा तानिएको छ।
प्रहरी हबल्दार साहलाई जोगाउन खोज्दा पनि सुनसरी प्रहरी प्रमुख पोखरेलमाथि यतिबेला प्रश्न तेर्सिएको छ। यतिबेला जानी–जानी सिद्धबाबालाई नेपाल–भारत सीमामा लगेर छाडेको आरोप प्रहरीमाथि लागेको छ।