काठमाडौँ। रुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा) को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले अनावश्यक हल्ला गर्नेलाई सामाजिक बहिष्कार गर्न आग्रह गरेका छन्।
शुक्रबार सहसंयोजक तामाङ सामाजिक संजाल फेसबुकमा स्टेट्स लेख्दै उनले भनेका छन्,‘संघीय लोकतान्त्रिक गणतन्त्र ठिक मान्ने, आवश्यक ठान्ने तर त्यस ब्यवस्था स्थापना लागि लड्ने नेताहरुलाई गलत मान्ने, राजतन्त्र फाल्न सशस्त्र क्रान्ति जायज ठान्ने, तर क्रान्तिमा बग्ने रगत र बलिदान गलत ठान्ने, अनि मञ्चमा उभिएर छाती फुलाएर भुपि शेरचनका कबिता सुनाउने, “हुदैन बिहान मिमिर्रेमा तारा झरेर नगए, बन्दैन मुलुक २/४ सपुथ मरेर नगए।’
तत्कालिन शाही सरकारले तत्कालिन माओबादीलाई प्रतिबन्ध लगाएर ,आतंककारीको बिल्ला भिराएर दमन गर्दै गर्दा तत्कालिन राजनीतिक दलहरु र माओबादी बिच १२ बुंदे सहमति हुदै ०६२/०६३ को जनआन्दोलनको जगमा गणतन्त्र स्थापना भयो। ०६३ मंसिर ६ गते सरकार र माओबादी बिच बिस्तृत शान्ति सम्झौता भयो।
जनयुद्धका क्रममा राज्य र बिद्रोही पक्षबाट ज्यान गुमाएका, बेपत्ता भएका, बन्दि बनाइएका सबै द्वन्दको जिम्मा राज्यले लियो। द्वन्दका क्रममा राज्य पक्षबाट वा बिद्रोही पक्षबाट मारिएकाहरुको मुद्दा छानबिन गरी मेलमिलाप गराउन सत्य निरुपण तथा मेलमिलाप आयोग बनेको छ, राज्य पक्ष वा बिद्रोही पक्षबाट बेपत्ता बनाइएकाहरुको छानबिन गर्न ”बेपत्ता छानबिन आयोग बनाएर द्वन्दकालिन मुद्दा सरकारले समाधान गर्ने नीति लिएको परिप्रेक्ष्यमा केहि डलरबादीहरु, हिजोका दरबारिया दलालहरु बेलाबखत बौरिने र बरबराउने गरेका छन्। द्वन्दका मुद्दा उठाएर स्टेप स्टेपमा दुस्ख दिन खोज्जे र फेरि द्वन्द चर्काउन खोजे तिनलाई कालो मोसो दलेर टिन ठटाएर लखेटिने दिन नआउला भन्न सकिदैन।
संसद बन्ने योग्यता पुरा गरेर जनताबाट निर्वाचित सांसद संसदको सभामुख बन्न योग्य हुन्छ। माननीय अग्नि सापकोटाको योग्यता पनि त्यही हो, जो सभामुख बन्न चाहिन्छ। तर, राजनीतिक पुर्वाग्रह जनयुद्द बिरोधी, डलरबादीहरुले जुन कोकेहोलो गर्न खोजेका छन्, त्यो बेठिक नियत साथ लाग्नेहरुलाई चिनेर सामजिक बहिष्कार गर्न सम्पुर्णमा आग्रह गर्दछु।’