८ लाख घूससहित जुनिचाँदे गापा जाजरकोटका अध्यक्ष सुर्खेतमा पक्राउ


काठमाडौँ। जाजरकोट जुनिचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख घूससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले रंगेहात पक्राउ गरेको जानकारी दिएको छ।

प्रदेश विकास परिषद्को बैठकमा भाग लिन सुर्खेत आएका अध्यक्ष केसीलाई एक उपभोक्ता समितिको कामबाट ८ लाख घूस लिएको सूचनाका आधारमा पक्राउ गरेको हो। घटनाको थप विवरण आउन बाँकी छ।