कार्यवाहक राजदूत डा.अजयकुमारद्वारा विद्यालय भवन उद्घाटन



काठमाडौँ। भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा.अजयकुमारले जिल्लाको थानकोटस्थित अरविन्दआश्रम विद्यालयको नवनिर्मित विद्यालयभवनको औपचारिक उद्घाटन गरेका छन्।

२०७६ माघ ८ गते शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मणि राम गेलाललगायत राजनीतिक, सामुदायिक नेतृत्व कर्मीलेसो समारोहमा सहभागीता जनाएका थिए।

नेपाल सरकार राष्ट्रिय परीक्षाबोर्डबाट सम्बन्धन प्राप्त यस आवासीय विद्यालय सन् १९९३ मा श्रीअरविन्द योग मन्दिरले स्थापना गरेको हो। यस विद्यालयले करिब २६० विद्यार्थीलाई माध्यमिकतहको शिक्षा प्रदान गरिरहेको छ।

जसमध्ये ५३ प्रतिशतभन्दा बढी छात्रा रहेका छन्। अधिकांश विद्यार्थीहरु गरिब, विपन्न र अनाथ छन्। जसका लागि विद्यालयले निःशुल्क शिक्षा तथा छात्रावासको व्यवस्था गरेको छ। शहरी विकास तथा भवन निर्माण विभागले उक्त परियोजनाको कार्यान्वयन गरेको हो।

भारत सरकारको नेपाली २.८२५ करोड अनुदान सहयोगमा निर्मित यस तीनतल्ले नयाँ संरचनामा ११ वटा कक्षाकोठा, तीनवटा प्रयोगशाला, चारवटा भण्डार कक्ष तथा दुई कर्मचारी कक्ष रहेका छन्।

यसका अतिरिक्त लेखा, प्रशासन, रेकर्ड, पुस्तकालय, प्रधानाध्यापक, व्यक्तिगत सहायक, परीक्षा, बहुउद्धेश्यीय हल र फर्निचरका लागि एक–एक कोठाको व्यवस्था रहेको छ।

यस नव निर्मित संरचनाले विद्यार्थीहरुको सिकाई वातावरणलाई अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ। शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तार गर्ने नेपाल सरकारको प्रयासलाई पूरा गर्ने सहयोगीको रुपमा रहेको यस परियोजनासँग जोडिन पाएकोमा भारत सरकार खुशी व्यक्त गरेको छ।