दीपक मनाङे पक्राउ



काठमाडौँ। अखिल नेपाल फुटबल संघ, कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको अभियोगमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य दीपक मनाङे भनिने राजीव गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। मनाङेलाई बिहीबार पोखराको लेकसाइडस्थित होटल प्याराडाइज इनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

गुरुङले बुधबार मनाङेविरुद्ध जिल्ला अदालत कास्कीमा उजुरी दर्ता गराएपछि प्रहरीले मनाङेमाथि पक्राउ पुर्जी जारी गरेको थियो। मंगलबारदेखि पोखरामा सुरु भएको मुख्यमन्त्री कप उद्घाटन कार्यक्रममा सांसद मनाङेले एन्फा अध्यक्ष गुरुङलाई झापड हानेपछि यतिबेला विवाद चुलिएको छ।

मनाङले आफूले हातपात गरेको पत्रकार सम्मेलनमार्फत नै स्वीकार गरिसकेका छन्। पत्रकार सम्मेलनमा उनले मिलन भ्रष्टाचार र गठीमा संलग्न रहेको भन्दै उनलाई फूलमाला लगाएर नहुने र झापडनै हान्नुपर्ने बताएका थिए।