दुई दिने नि:शुल्क स्वास्थ्य शिविर बस्ने


काठमाडौँ। श्री नेचर केयर रिसर्च एण्ड टिचिङ अस्पताल, नमो क्षेत्रपाल आयूर्वेद हेल्थ होमले दुई दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ।

राजधानीको स्वयम्भु चौक, वुद्धपार्क अगाडि यहि माघ १० र ११ गते विहान ९ बजेदेखि अपरान्ह ४ बजेसम्म शिविर सञ्चालन हुने आयोजक संस्थाले जानकारी दिएको छ।

लायन्स क्लब अफ काठमाडौँ अर्थ सहआयोजक रहेको उक्त शिविरमा पायल्स, फिसटुला, फिसर, कब्जियत, म्याष्ट्रिक, अल्सर, जण्डिस, पिनास, माइग्रेन, मानसिक रोग, दम, उच्चरक्तचाप, नासाको समस्या, यौन दुर्वलता, स्त्रीरोग, महिनावरी समस्यालगायतका रोगहरुको स्वास्थ्य चेकजाच हुनेछ।