सुरक्षाको दृष्टिकोणले कालिकोट संवेदनशील



विश्वनाथ सिम्खाडा

कालिकोट। शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै विकासका गतिविधिमा देखिएका सुरक्षा चुनौतीमा सामना गर्न प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालसंग कालिकोटवासीहरुले सुरक्षाको माग राखेका छन्।

जिल्ला प्रहरी कार्यालय कालिकोटको नंया निर्मित भवनको उद्घाटन गर्न कालिकोट पुगेका खनालसंग कालिकोटवासीले यस्तो माग गरेका हुन्। सम्रग कर्णालीको सुरक्षा अवस्थाको बारेमा जानकारी लिन कर्णाली प्रदेश प्रहरी प्रमुख पुर्णचन्द्र जोशीलगायतको टिम बोकेर कालिकोट पुगेका हुन्।

कालिकोटको सुरक्षा अवस्थाको बारेमा जानकारी दिँदै प्रमुख नायव उपरिक्षक ‘डिएशपि’ श्याम बावु बलियाले सुरक्षाको हिसाबले अत्यन्त चुनौती रहेको बताउँदै जिल्लाका विकट क्षेत्रमा १० वटा प्रहरी चौकीको व्यवस्थापन र भौगोलित विकटताका कारण अझै महत्वपुर्ण क्षेत्रमा प्रहरी चौकीको आवश्यकता रहेको बताए।

जिल्ला प्रहरी कार्यालय बाहेकका सबै प्रहरी चौकीहरु भाडाकै भरमा संचालन भइरहेको पनि जानकारी दिए। यस्तै जिल्लाका राजनितिक दल र स्थानियवासीहरुले कालिकोट अरु जिल्ला भन्दा सुरक्षा चुनौतीको हिसाबमा बढी नै संवेदनशील रहेको हुनाले यही प्रहरी सख्याले सुिरक्षा समाना गर्न नसक्ने बताएका छन्। नेत्रविक्रम चन्द विप्लवको आधार इलाकाको रुपमा रहेको कालिकोटमा सुरक्षाको दृष्टिकोणले बढी नै संवेदनशील रहेको बताए।

राज्य विरोधी तत्वहरुले बाराम्बार स्थानिय जनप्रतिनिधिसंग दिनदाहडै चन्दा आतंक राज्यबाट प्रतिबन्धित भएकै बेला नगरपालिका तथा गाउँपालिकाको कार्यालय परिसरभित्रै विरोधका कार्यक्रम गर्ने, कार्यालयमा आगजनी गर्ने, प्रहरी चौकीमा अराजक गतिविधि संचालन गरिरहेको भन्दै स्थानिय तहमा थप, सुरक्षा युनिट राख्न प्रमुख खनालसंग जोडदार माग राखेका छन्।

केहि समय अगाडी विप्लव समुहको बन्दको अवेज्ञा गरी कार्यालय खुला गरेको भन्दै नरहरिनाथ गाउँपालिकाको कार्यालयमा आगजनी गरेको र स्थानिय तहका वडा अध्यक्षदेखि प्रमुखसम्मलाई गिराप्तारको धम्की र चन्दा मागेर आतंकित पारेको समेत बताए। कालिकोटमा नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाका पार्टी प्रवक्ता खड्क बहादुर विश्वकर्मा, (प्रकाण्ड) केन्द्रिय सदस्य भरत बम, रणविर यस्तै पुर्व राज्य मन्त्री हितमान, कर्णाली व्युरो प्रमुख एटम विशिलगायतका नेताको गृह जिल्ला भएको क्षेत्रमा उनीहरुको वर्चश्व रहेको जिल्ला हो।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै विकासका गतिविधिमा देखिएका सुरक्षा चुनौतीमा सामना गर्न प्रहरी सक्षम रहेको बताए। नेपालका अपराधिलाई कुनैपनि ठाँउमा ठाँउ नरहेको भन्दै अपराध पुणरुपमा अन्त्य गर्न प्रहरी तयार रहेको बताए। विकाससंगै जोडिएका समस्याका सवालहरुमा केन्द्रिय प्रहरी तयार रहेको बताए। नागरिकका केही मागहरुलाई तत्काल नभएपनि क्रमश पुरा गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले सुरक्षाको चुस्तता, शान्ति सुरक्षाको राम्रो अवस्था सिर्जना गर्ने, अपराध अनुसन्धान तथा समाजमा हुने अवान्छित गतिविधिहरु नियन्त्रणका साथै त्यस्ता गतिविधिहरु निर्मूल गर्नेतर्फ प्रहरी सदैव केन्द्रित रहेको बताए। यो अभियान कर्णालीमा पनि संचालन भइरको बताए।

अपराध नियन्त्रणमा २०७६ सालमा उल्लेख्य काम भएको चर्चा गर्दै खनालले शान्ति सुरक्षालाई चुस्त, दुरुस्त र सुढृढ बनाउन र अपराध नियन्त्रण गर्न प्रहरीले पूर्ण व्यवसायिक रुपमा पारदर्शी ढंगले काम गरिरहेको उल्लेख गरे। राष्ट्र निर्माणको दायित्व सबैको उत्तिकै भएकोले यस कार्यमा साथ र सहयोग गर्न खनालले संचार कर्मीहरुलाई आग्रह समेत गरे। कार्यक्रममा प्रहरी युनिटलाई निशुंल्क जग्गा दिने जग्गा दाता, गोर्खा पत्रकर्मी प्रेमराज सिम्खाडालाई सम्मान पनि गरिएको थियो।