चिनियाँ यात्रुका लागि विमानस्थलमा हेल्प डेस्क र डिजिटल विज्ञापन



काठमाडौँ। चिनियाँ यात्रुहरुको सहयोगी हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबारदेखि चिनियाँ भाषाको डिजिटल बिज्ञापन शुरु भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उक्त व्यवस्थाको आधिकार रुपमा आजै सुरुवात गरेका हुन्। त्यसैगरी चिनियाँ दुतावास र नेपाल पर्यटन बोर्डको समन्वयमा चिनियाँ भाषाका स्वयमंसेवीहरुले हेल्प डेक्समा काम गर्ने भएका छन्।

साथै आजबाट हिमालय एयरलाइन्सले ‘Kathmandu-Chongqing-Kathmandu’ सिधा उडान शुरु गरेको छ। मन्त्री भट्टराईले भाषा हेल्प डेस्क र हिमालयन उडानको कार्यले पर्यटन वर्ष २०२० लाई सहयोग पुग्ने अपेक्षा राखेका छन्।

उनले सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन्, ‘चिनियाँ यात्रुहरुको सहयोगी हुनेगरी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आजदेखि चिनियाँ भाषाको डिजिटल बिज्ञापन शुरु भएको छ। त्यसैगरी चिनियाँ दुतावास र नेपाल पर्यटन बोर्डको समन्वयमा चिनियाँ भाषाका स्वयमंसेवीहरुले पनि कार्य गर्दै छन्।

आजैबाट हिमालय एयरलाइन्सले ‘Kathmandu-Chongqing-Kathmandu’ सिधा उडान शुरु गरेको छ। यी सबै कामबाट नेपाल भ्रमण बर्षलाई थप सहयोग पुग्ने र नेपालमा चिनियाँ पर्यटकहरुको सँख्यामा उल्लेख्य वृद्धि हुनेछ।’