जुम्लामा बालकेन्द्रित सहभागितामुलक कार्ययोजना तर्जुमा कार्यशाला सुरु



जुम्ला। कर्नाली प्रदेशको जुम्लामा अंग्रेजी नयाँ वर्षको सुरुवातासँगै सन् २०२०/०२१ का लागि दुई दिने बालकेन्द्रित सहभागितामुलक कार्ययोजना तर्जुमा सम्बन्धि कार्यशाला सम्पन्न भएको छ।

बुधबार प्लान ईन्टरनेसनल नेपाल कर्नाली फिल्ड कार्यालय जुम्लाद्धारा खलंगा बजार जुम्लामा उक्त कार्यक्रमको आयोजना गरिएको हो।नेपालमा ४० वर्षभन्दा लामो समय अगाढीदेखि बिभिन्न जिल्लामा काम गरिरहेको अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था प्लान नेपालले बिगत ३ वर्षदेखि कर्नाली प्रदेशका कालिकोट, जुम्ला र डोल्पाका ८ वटा स्थानीय तहमा बिभिन्न विषयगत क्षेत्रमा कार्यक्रम सञ्चालन गरिरहेको छ।

कालिकोट र जुम्लाका ६ वटा स्थानीय तहका ५४ वटा वडाका आठ हजारभन्दा बढी बालबालिकालाई प्रत्यक्ष रुपमा समेटेको आयोजको भनाई छ।

प्लान ईन्टरनेश्नल नेपालका देशिय उपनिर्देशकको उपस्थिति रहेको कार्यशालामा कालिकोट र जुम्ला जिल्लाका ६ वटा पालिकाहरुमा कालिकोटको रास्कोट नगरपालिका, शान्नि त्रिबेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका र जुम्लाका सिंजा गाउँपालिक, हिमा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकाका जनप्रतिनिधी वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो।

त्यस्तै कार्यक्रममा र विषयगत कार्यालयहरु शिक्षा र स्वास्थ्यका प्रमुख र प्रतिनिधिहरु ६ वटा साझेदार संस्थाहरु सादा नेपाल, क्याड नेपाल, किर्डाक नेपाल, हुरेन्डेक नेपाल, सेडा नेपाल र पेस नेपालका पदाधिकारी तथा कर्मचारीहरु र प्लान ईन्टरनेश्नल नेपालका लेखा संयोजकलगायत बाल ब्यबस्थापन र बालिका संरक्षण लगायत सबै सेक्टरका संयोजकका साथै कर्मचारीहरुको सहभागि थिए। कार्यशालामा स्वागत मन्तव्य राख्दै क्षेत्रीय प्रबन्धक मीना पराजुलीले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेकी थिइन्।

प्लान ईन्टरनेश्नल नेपाल कर्नाली फिल्ड कार्यालय जुम्लाले कार्यक्रम सञ्चालन भएका स्थानीय तहसँग समन्वय र सहकार्य गरि स्थानीय सरकारको प्राथमिकताको कार्याक्रममा सहयोगीको भूमिका निर्वाह गर्नका लागि प्लान ईन्टरनेश्नल नेपाल र साझेदार संस्थाहरुले स्थानीय स्तरमा सहजिकरण गरिरहेको र आगामी दिनमा पनि सरकारका प्राथमिकताका क्षेत्रमा सहयोगी र सहकार्य रहने हुँदा अपेक्षित उपलब्धि हाँसिल गर्न स्थानीय तहको अपनत्व बढाउन र दिगोपनाको आधार तयार गर्न संयुक्त कार्यशालाको आयोजना गरिएको पराजुलीको भनाई थियो।

प्लान ईन्टरनेश्नल नेपालका देशिय उपनिर्देशक ब्राइन बिकेटले साझेदार संस्था र स्थानिय सरकारका प्रतिनिधी सहितको सहभागितामा चरण चरणमा कार्य योजना तर्जुमा गरिएको र विश्वव्यापीरुपमा प्लान ईन्टरनेश्नलको रुपान्तरणको प्रक्रियामा रहेको र आगामी दिनका प्लान ईन्टरनेश्नल नेपालका तीन वटा प्राथमिकताका क्षेत्रहरुका विषयमा स्पष्ट पारेका छन्।

उनले जुम्लामा भएको सहभागितामुलक कार्याशालाले भाबि कार्य सञ्चालन रणनीती तय गर्न सजिलो हुने साझेदार संस्थालाई सरकारी निकायसँग समन्वय गरेर कार्यक्रम कार्यान्वयन गर्न प्रभावकारी हुने विश्वास व्यक्त गरेका थिए।

कार्याशालामा बालप्रत्याभूत सञ्चार कार्र्यक्रम र सो कार्यक्रमसँग सम्बन्धित १० वटा प्रतिबद्धता र कार्यक्रमको परिचयको प्रस्तुती संयोजक जनकराज गिरीले गरेका थिए।

त्यस्तै स्याहार र संरक्षण सम्बन्धि कार्यक्रमको परिचयात्मक कार्यक्रमको प्रस्तुती संयोजक दुर्गा क्षेत्रीले गरेकी थिइन। बाल अधिकारको प्रवद्र्धन, बालिका र युवा महिला संरक्षणका लागि छाउपडी प्रथा, बाल बिबाह, बाल श्रम, कुपोषणलगायतका समस्याहरुका विषयमा छलफल गरि न्युनीकरणका लागि अभियान थाल्ने विषय समेटिएको छ।

सिकाईमा शिक्षा र आयआर्जनमा रोजगार, हरेक बालबालिकालाई सरकारी स्कुलमा झिकाउने, सिकाउने, टिकाउने र बिकाउने बिषयमा समुहगत छलफल गरिएको छ।

नेतृत्व विकास र सफलताका आधारका सवालमा समेत् छलफल गरिएको छ। कार्याशालामा सहभागी रास्कोट नगरपालिकाका शिक्षा ईकाई प्रमुख प्रभुलाल न्यौपानेले प्लान नेपाल र साझेदार संस्था र पालिकाको पहलमा समन्वय, सहकार्य गर्न सजिलो हुने र पालिकास्तरमा बालबालिकाका क्षेत्रमा कार्ययोजना बनाउदा र बजेट बिनियोजन गर्दा सहयोग पुगेर बालबालिका केन्द्रित कार्यक्रम संचालन गर्दा निकै प्रभावकारी हुने सुझाव दिएका छन्।

सहभागी वडा अध्यक्षहरुका तर्फबाट जुम्ला कनकासुन्दरी ५ का बिर्खबहादुर खत्रीले धेरै आईएनजिओ, एनजिओ नआउने आफूहरुले खासै चासो नदिएको स्मरण गराए।

उनले बालबालिकाका क्षेत्रमा सबै वडा समेटेर लामो समय काम गर्ने प्लान नेपाल ठिक लागेको बताए। त्यस्तै कालिकोट रास्कोट नगरपालिका वडा नं.९ का वडा अध्यक्ष डबल बोगटीले यसरी नै सहभागितामुलक रुपमा कायक्रम गर्ने हो भने केही न केही परिवर्तन देखिने र स्थानीय सरकारले नमुनाको रुपमा प्रस्तुती गर्न सक्ने र पालिकालाई पनि अपनत्व बढ्ने र गै्रहसरकारी संस्था र स्थानीय पालिकाको सहकार्यले प्रभावकारी नतिजा हाँसिल गर्न सकिने उनको विश्वास छ।

कालिकोट शान्त्रित्रिबेणी वडा नं.१ का भरत बिकले बिपन्न तथा दलित अपांगलाई समेटेर सञ्चालन गरिएको कार्यक्रमले लक्षित वर्गका बालबालिका प्रत्यक्ष रुपमा लाभ लिन सक्ने र सहभागितात्मक कार्याशालाले आफलाई उत्साहित बनाएको बताए।

दुई दिनको संयुक्त कार्ययोजना निर्माण कार्यशाला र त्यस लगत्तै हुने अर्धवार्षिक समिक्षाले एक अर्काका सफल सिकाईको आदान प्रदान हुनुको साथै नबिन र सृजनशिल योजनाहरु निर्माण गर्न संयुक्त बसाईसहितको छलफल निकै प्रभावकारी भएको आयोजकको विश्वास छ।

स्थानीय सरकार साझेदार र सबै सरोकार वालालाई एक ठाउँमा राखेर दिगोपनाको आधार तय हुने छलफल गरेकोमा आगामी दिनमा बालकेन्द्रित कार्यक्रम सञ्चालन गर्न सहजता आउने बालमैत्री बाताबरण सृजना हुने, दिगोपनाको आधार तयारभै प्लान ईन्टरनेश्नल नेपाल र हामी साझेदार संस्थाहरुको पहिचान नै उदाहरणय हुनेमा बिश्वश्त रहेको सामाजिक जागरण तथा बिकास प्रतिष्ठान(सादा नेपाल)का कार्यकारी निर्देशक अशोकनाथ योगीले बताउनु भएको छ।