नेकपा विप्लवका सिन्धुपाल्चोक सेक्रेटरी तामाङ पक्राउ


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टीका सिन्धुपाल्चोक सेक्रेटरी पक्राउ परेका छन्। व्यापारीबाट चन्दा असुली गरिरहेको आरोपमा प्रहरी वृत्त थिमिको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–९ सिन्धुपाल्चोक बस्ने ४४ वर्षीय भुवनसिंह तामाङ रहेका छन्। तामाङलाई मङ्गलबार पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले जानकारी दिएका छन्।

प्रहरीले मध्यपुरथिमिस्थित चारदोबाटोमा स्थानीय व्यापारीलाई धम्क्याउँदै जबरर्जस्ती चन्दा असुली गर्दै गरेको अवस्थामा पक्राउ गरी अनुसन्धान गर्दा नेकपाका सिन्धुपाल्चोक सेक्रेटरी रहेको खुलेको प्रहरीले जनाएको छ। पक्राउ परेका तामाङलाई अभद्र व्यवहार कसूरमा म्याद थप गरी थप अनुसन्धान थालिएको छ।