काठमाडौँ। नेपाल स्थित भारतीय राजदूतावासले ७२औं भारतीय सेना दिवस नेपालमा पनि मनाएको छ। उक्त अवसरमा दुतावासले ०७६ माघ ५ गते एक कार्यक्रमको आयोजना गरि भारतीय सेनामा कार्यरत रहेर बलिदान दिने सेनाका आफन्तहरुलाई राहत समेत हस्तान्त्रण गरेको थियो।
उक्त कर्यक्रममा भारतीय सेनाका मानार्थ महारथी तथा सुकीर्तिमय राष्ट्रदीपबाट सम्मानित नेपाली सेनाका प्रधान सेनापति महारथी पूर्णचन्द्र थापा प्रमुख अतिथिका रुपमा उपस्थित थिए।
उक्तकार्यक्रममाबोल्दै भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा.अजयकुमारले भारतीय सेनाराष्ट्र निर्माणको सुरक्षा कवचको रुपमा रहेको बताए।
दुई देशलाई जोड्ने नेपालीगोर्खा सैनिकको अटुट सम्बन्धको चर्चा गर्दै उनले उनीहरुको निःस्वार्थ सेवाभाव तथा त्यागप्रति कृतज्ञता व्यक्त गरेका छन्।
उनले अवकाश प्राप्त पेन्सनवाला भारतीय सैनिक र नेपालमा बसोबास गरिरहेका उनीहरुका परिवारको सेवाका साथै उनीहरुको स्वास्थ्यतथा सुविधाको हेरचाह गर्ने प्रतिबद्घता व्यक्त गर्दै राष्ट्र निर्माणमा उनीहरुको अथक प्रयासको प्रंशसा पनि गरे।
प्रधान सेनापति महारथीपूर्णचन्द्र थापाले दुई देशका सेनाबीच रहेको उत्कृष्ट सम्बन्धर सहकार्य नेपाल भारतबीच रहेको सुमधुर सम्बन्धको उदाहरणको रुपमा रहेकोे बताए।
कार्यक्रममा नेपाली सेनाकाप्रधान सेनापति रभारतीय राजदूतावासका कार्यवाहक राजदूतले भारतीय सेनाका वीरता पुरस्कार विजेतागोर्खा सैनिकहरुलाई सम्मान गरेका थिए।
सो समारोहमा नेपाली सेनाका अधिकारी, विभिन्न राजदूतावासका सैनिक सहचारी, सरकारी र नागरिक उच्च–पदाधिकारी तथा भारतीय राजदूतावासका अधिकारी उपस्थित थिए।
तस्बिर: मुकुन्द कालिकोटे