काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटन वर्ष २०२० लाई सफल पार्न फोटो पत्रकारहरुको पनि ठूलो भूमिका रहने बताएका छन्। राष्ट्रिय फोटो पत्रकार समूहले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएका हुन्। मन्त्री भट्टराईले राष्ट्रिय फोटो पत्रकार समूहद्वारा प्रकाशित नेपाल दर्शन २०२० नामक फोटो पुस्तक विमोचन समेत गरेका छन्।
उनले भने,‘यो पुस्तकले भ्रमण २०२० लाई सफल पार्नको लागि ठूलो भूमिका खेल्नेछ। फोटो पत्रकारहरु धन्यवादका पात्र हुनुहुन्छ। यस पुस्तकभित्र हिमाल, पहाड, तराई र मधेश तस्बिरका मार्फत समेटिएका छन्। यो पुस्तकभित्र नेपालका धेरै स्थानका तस्बिरहरु समावेश गरिएका छन्। नेपालले हालै पर्यटन वर्षको उद्घाटन भव्य रुपमा सम्पन्न गरेको छ। त्यसभन्दा अगाडि साख गेमको काम गर्यो। अबका दिनमा पनि यस्ता काम गर्न सक्छ।’
उनले अगाडि भने,‘केही साथीहरुले आलोचनाका लागि आलोचन गरिरहनु भएको छ। उहाँहरुले नजानेर होइन। मेरो भन्नु यति हो कि केही गरौं र केही परिर्वतमा लागौं भन्नेहरुलाई बाधा सिर्जना नगर्नुहोस्। देश बन्छ। सबैको सकारात्मक सोच र कर्मबाट देश बन्छ। हाम्रो विगत हेर्दा पनि हाम्रो देशमा आएका विदेशी पाहुनालाई देउता जस्तै मान्ने संस्कार छ। अतिथि देव भवः भन्ने हाम्रो मान्यता छ। यहि मान्नेताले यस भ्रमण वर्षमा १० लाख पर्यटक भित्रिने निश्चित छ। आगामी दिनमा अझ बढी पर्यटकहरुको संख्या थपिने छ। २० लाख पर्यटक भित्र्याउने योजना तथा कार्यक्रमहरु हुँदै जानेछन्।’
तस्बिर: मुकुन्द कालिकोटे