अनेरास्ववियूको जिल्ला नेतृत्व पुर्वाग्रही रुपमा चयन गरियो: नेता लामा



काठमाडौँ। अनेरास्ववियू केन्द्रीय कमिटीले जिल्ला संयोजक र सहसंयोजकको टुंग्यो लगाएको छ। आईतबार अनेरास्ववियूले जिल्ला संयोजक र सहसंयोजकको नाम सार्वनिक गरेको हो।

सार्वजनिक गरिएको सूचि गलत र पूर्वाग्रही भएको भन्दै अनेरास्ववियूकी नेता आरती लामाले सच्चाउन माग गरेकी छन्। उनले समाजिक सञ्जाल फेशबुकमा लेखेकी छन्, ‘बिधिभन्दा बाहिर पूर्वाग्रही भएर जिल्लाको नेतृत्व टुंगिएको प्रती घोर आपत्ति। साथै सच्याउन अनुरोध।’

नेता लामाले जिल्ला नेतृत्व बिधिभन्दा बाहिर गएर पूर्वाग्रही रुपमा चयन गरिएको भन्दै सच्याउन माग गरेकी छन्। अनेरास्ववियूका केन्द्रीय संयोज एने महर र सहसंयोजक रञ्जित तामाङको हस्ताक्षर रहेको जिल्ला संयोजक र सहसंयोजकको सूची यस्तो छ