गायिका राउतलाई पक्राउ पुर्जीका लागि अर्को मुद्दा दर्ता



काठमाडौँ। गायिका आस्था राउतविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ। प्रहरी जवान रमिता श्रेष्ठले दिएको अभद्र व्यवहार कसुरअन्तर्गतको जाहेरी आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता गरेको हो।

त्रिभुवन विमानस्थलमा सुरक्षा चेकजाँचका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोगमा मुद्दा दर्ता गरेको परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।

जिल्ला प्रशासनबाट आस्थाविरुद्ध पक्राउ पुर्जी जारी गर्न माग गरिएको सुवेदीले बताए। काठमाडौं जिल्ला प्रमुखले आदेश दिने वित्तिकै राउतलाई उपस्थित हुन पत्र काट्ने उनले जानकारी दिए।