काठमाडौँ। रत्न राज्य क्याम्पस (आरआर) को स्वतन्त्र विद्यार्थी युनिय (स्ववियु) को रित्त सहसचिव पदमा शिवशंकर न्यौपाने चयन भएका छन्। गत बुधबार स्ववियु आरआरका सभापति तपेन्द्रजं शाही, उपसभापति श्रीकृष्ण उप्रेतीलगाएतले न्यौपानेलाई सहसचिव पदमा चयन गर्दै स्वागत गरेका थिए।
कालिकोट घर भएका न्यौपाने अनेरास्ववियू आरआर कमिटीका सहसचिव पनि हुन्। उनले समाजशास्त्र र राजनीति शास्त्रमा स्नाकोत्तर तहसम्मको अध्ययन पुरा गरेका छन्। विद्यार्थीको हकहितमा क्रियाशिल न्यौपाने सरल स्वभावका नेताका रुपमा परिचित छन्।
विद्यार्थी आन्दोलनको उर्वर थलोका रुपमा परिचित (आरआर) क्याम्पस स्ववियुको सहसचिव पदमा नियुक्त भएसँगै आगामी फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उनी सभापतिका आकांक्षि उम्मेदार बनेका छन्। २८ वर्षीय प्रावधानका कारण न्यौपानेभन्दा माथिका स्ववियु तथा अनेरास्ववियुका धेरै नेताहरुले बाटो खाली गर्नुपर्ने भएको छ।
गत कात्तिक १२ गते स्ववियु सहसचिव इन्द्रहाङ राई बलात्कारको आरोपमा पक्राउ परेका थिए। एक किशोरीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेपछि सहसचिव पद रित्त रहेको थियो।