काठमाडौँ। गोरखा जन्मथलो भएकी हाल अमेरिकामा बस्दै आएकी सुनिता बस्नेत थापाको पहिलो गीति एल्बम ‘सुरबी’ तथा ‘विम्ब’ नामक कविता संग्रह विमोचन गरिएको छ।
राजधानीको कमलादी स्थित प्रज्ञा प्रतिष्ठानमा शुमकामना मिडिया प्रा.लि.को आयोजनामा उक्त कृतिहरु विमोचन गरिएको हो। गीतकार संघ नेपालका अध्यक्ष चुणामणी देवकोटाको प्रमुख आतिथ्यता एवं वरिष्ठ गीतकार डा. कृषहरी बरालको विशिष्ठ आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
गीति एल्बम सुरबीमा सुनिल माश्केको एकल संगीत रहेको छ। सर्जक बस्नेतका शब्द रहेका छन्। उक्त गीति एल्बममा ६ वटा गीत समावेश गरिएको सर्जक बस्नेतको भनाई छ।
कार्यक्रममा डा. कृष्णहरी बरालले विम्ब कविता संग्रहमा नारीवादी चेत, क्रान्तिकारी सोच, प्रगतिशिल विचारधाराका कविता समावेश गरिएको बताए। उनले भने, ‘कविता सरल किसिमका छन्। कविता भावात्मक छन्। तथ्यपरक र वस्तुपरक ढंगले समालोचना गर्ने चलन छ। जु सुकै भए पनि म सुनिताजीका कवितामा सरलताभित्र मिठासता भेट्छु। कति कवितामा आत्मरतिका प्रसँग पनि छन्।’