काठमाडौँ। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले तराई क्षेत्रमा व्यापक वन फडानी भएको भन्दै उक्त कार्यलाई तत्तकाल रोक्न माग गरेको छ।
शुक्रबार अवध प्रदेशका प्रमुख नाथुप्रसाद थारुले एक प्रेस विज्ञप्ति जारी गर्दै तराई क्षेत्रमा वैज्ञानिक वन व्यवस्थापनको नाममा वन तस्कर, कर्मचारी र आइएनजीओसमेत मिलेर वन क्षेत्रको अत्यधिक दोहन गरेको भन्दै तत्काल नरोके कारवाही गर्ने चेतावनी दिएका छन्।
वैज्ञानिक वन व्यवस्थानको नाममा साललगायतका घना जङ्गल फडानी गरी वन क्षेत्रलाई उजाड चउरमा परिणत गरिएको भन्दै विज्ञप्तिमा यसले एकातिर प्राकृतिक प्रकोपको जोखिम बढेको र अर्कोतिर पर्यावरणमा समेत गम्भीर असर पारेको उल्लेख गरिएको छ।