बाहिरियो प्रहरी र आस्था राउतबीच विवादको सीसी टीभी फुटेज



काठमाडौं। गायिका आस्था राउत प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको सीसी क्यामरा फुटेज सार्वजनिक भएको छ।प्रकरणको अनुसन्धान जारी रहेकै वेला विमानस्थलको फुटेज सार्वजनिक भएको हो। फुटेजमा गायिका राउत र महिला प्रहरीबीच विवाद भएको देखिन्छ।

राउतले चेकजाँच गर्ने मेसिनमा पुग्ने वित्तिकै केही संवाद गरेकी छन्। महिला प्रहरीले खनतलासी लिन खोज्छिन्। त्यसक्रममा ज्याकेट खोल्न लगाएर हातमा बोकेको कफी अर्कोतिर राखिदिन्छन्।

त्यसपछि झोक्किँदै निस्किएकी राउतले पुनः कफी फिर्ता लिएको देखिँदैन। महिला प्रहरीले पनि औंला ठड्याउँदै झोलामा जबरजस्ती कफी राखिदिन खोज्छिन्।

राउतले चेकजाँच गर्ने मेसिनमा पुग्ने वित्तिकै केही संवाद गरेकी छन्। महिला प्रहरीले खनतलासी लिन खोज्छिन्। त्यसक्रममा ज्याकेट खोल्न लगाएर हातमा बोकेको कफी अर्कोतिर राखिदिन्छन्। विवाद भइरहेका वेला अन्य यात्रुले पनि हेरिरहन्छन्। अनुसन्धान समितिले ती यात्रुसँग पनि सोधपुछ गर्ने तयारी गरेको छ।

राउतले विमानस्थलमा प्रहरीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै बिहीबार भिडियो सन्देश जारी गरेकी थिइन्। भिडियोमा उनले प्रहरी संगठनलाई गाली गलौज गर्दै अपशब्द बोलेपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धान गर्न महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले कुनै ओहोदा अथवा सेलिब्रेटी भन्दैमा सुरक्षा जाँचको छुट नहुने बताएका छन्। राउतले भने चेकजाँचका क्रममा महिला प्रहरीले आफूलाई तँ भनेपछि आक्रोशित भएको बताएकी छन्। साथै, उनले हातमा कफी भएकाले आफैं चेक गर्नुस् भनेको पनि बताएकी छन्।

‘तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन्। त्यही हो बोल्ने पारा। यो पुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ’, उनले यसअघि भनेकी छन्। पछि उनले आफूले आवेगमा अनपयुक्त शब्द प्रयोग गरेको भन्दै क्षमा मागेकी थिइन्।

अनलाईन नखबरबाट साभार