आस्था राउतविरुद्ध प्रहरी जवान रमिताले दिइन् जाहेरी



काठमाडौँ। त्रिभुवन विमानस्थलमा जाँचका क्रममा गायिका आस्था राउतले आफूमाथि दुव्र्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले जाहेरी दिएकी छिन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा उनले जाहेरी दिएकी हुन्। विमानस्थल प्रहरी कार्यालयले उक्त उजुरी महानगरीय प्रहरी कार्यालय रानिपोखरी पठाएको छ। महानगरीय प्रहरी कार्यालयले उजुरी आएको पुष्टि गर्दै आवश्यक अनुसन्धान गरेर कारबाही गर्ने बतायो।

गएको बुधबार गायिका राउतले आफूमाथि दुव्र्यवहार भएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेकी थिइन्। त्यसको केहीबेरमा नै उनले भिडियो हटाएकी थिइन्।

शुक्रबार विमानस्थलमा जाँच गर्दाको सिसिटिभी भिडियो बाहिरिएपछि गायिका राउतको अस्वभाविक व्यवहार भिडियोमा देखिएको थियो। त्यससँगै राउतले फेसबुकमार्फत नै लाइभमा आफ्नो बचाउ गरेकी थिइन्।