स्याङ्जा पुतलीबजारकी सुनिताले जन्माइन् ३ छोरी १ छोरा



काठमाडौँ। स्याङ्जा पुतलीबजार नगरपालिका १ कि सुनिता पौडेल प्रधान ९२६० ले चार जना शीशुलाई जन्म दिएकी छन्। चिकित्सकले फागुन ११ गतेको समय दिएपनि रक्तचापमा उतारचढाव आउँदा नियमित परीक्षणका लागि अस्पताल पुग्दा सुनिताले चार शिशुलाई जन्म दिएकी हुन्।

शुरूमा चिकित्सकले भिडियो एक्सरेमार्फत गर्भमा ३ शिशु हुर्किरहेको जानकारी गराएकोले ढुक्क थिइन्। स्याङ्जामै रहँदा सुनिताले नियमित चेकअप गराउँदा पनि चिकित्सकको नियमित परामर्शमै थिइन्।

तर, रक्तचावमा उतारचढाव आउन थालेपछि वैदेशिक रोजगारीका क्रममा अबुधाबी गएका पतिलाई बोलाएर जब बिहीबार बिहान उनको शल्यक्रिया गरियो तब पेटबाट चार शिशु निकालियो। सुनिताका पति गौरव भन्छन्, ‘अहिलेसम्म चारपटक भिडियो एक्सरे गर्दा हामीले तीनवटा शिशु छन् भन्ने जानकारी पाएका थियौं तर शल्यक्रिया गर्दा चार शिशु भएको थाह भयो।’

शल्यक्रिया गरी सुनिताको पेटबाट निकालिएका चार शिशुमध्ये पहिलो छोरी १.६, दोश्रो छोरा १.३, तेश्रो छोरी १.३ र चौथो छोरी १.५ किलोग्रामका छन्। चारै शिशुलाई एनआइसियूमा राखिएको नागरिक दैनिकमा समाचार छ।