काठमाडौँ। जिल्ला अदालत भक्तपुरले बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अनुमति दिए लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवास पुगे पनि पक्राउन गर्न सकेन। अदालतको आदेशपछि प्रसाईं फरार छन्।
२० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा.श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए।
त्यही मुद्दामा पक्राउ गर्न अदालतले प्रहरीलाई अनुमति दिएको हो। लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेका थिए। तर, उनी नभेटिएको प्रहरी स्रोतले बताएको छ।