विप्लवद्धारा बालुवाटार कब्जाको घोषणा



काठमाडौँ। प्रतिबन्धित नेकपा विप्लवले बालुवाटारमा रहेको ललिता निवासको ११५ रोपनी जग्गा कब्जाको घोषणा गरेको छ। पार्टीले कब्जा भएको जग्गा हाललाई पार्टी मातहत ल्याइएको पनि जनाएको छ।

साथै बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने र बेच्ने योजनाको मुख्य योजनाकार भएकाले ढकालको घरमा सेवोटेज गरिएको विप्लव समूहले जनाएको छ।

ढकालको घरमा बम विस्फोट

त्स्तै बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ। काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा रहेको ढकालको घरमा बुधबार साँझ बम विस्फोट भएको हो।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीका अनुसार विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको कार र गेटमा क्षति पुगेको छ।

साथै घरका झ्यालका सिसा फुटेका छन्। बस विस्फोट किन र कसले गराएको भन्नेबारे केही डिएसपी नखुलेको बोगटीले बताए। विस्फोटका विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।