नेकपा विप्लवका दुई नेता पक्राउ



काठमाडौं। प्रतिबन्धित विप्लव समूहका दुई जना नेता ललितपुरबाट पक्राउ परेका छन्।विप्लव समूहका ललितपुर जिल्ला सचिव रमेश डंगोल र युवा भातृ संगठनका जिल्ला कार्यवाहक अध्यक्ष संजोग भनिने शान्तमान तामाङलाई जिल्ला प्रहरी कार्यालय ललितपुरले नियन्त्रणमा लिएको हो।

डंगोललाई अभद्र व्यवहारको कसुर अन्तरगत बुधबार म्याद थप गरेर विस्तृत अनुसन्धान थालिएको छ। तामाङको भने म्याद थप भइसकेको छैन। उनीहरुको अन्य घटनामा संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।