संघियताको परिचयमा अल्मलिएको समृद्धिको यात्रा


लक्ष्मण बम ‘पलाँती कान्छा’

कहिलेकाँही देशको बिषयमा सोच्दा निक्कै ताजुव लागेर आउँछ। बर्षायामको कर्णाली बनेर उर्लिएको जोस जाँगर पनि क्षणभरमै खहरेमा परिणत हुन्छन्। सोच्छु निरास हुन लक्ष्मणको जिवन डायरीमा लेखेको छैन। अनि काममा आरन लगाउँछु।

सरकार र विभिन्न सरोकारवालाको हालसम्मका नीति, कार्यक्रम र प्रगतिको विश्लेशण गर्दा समृद्धि महाअभियानका सारथिहरू अन्योलमा रहेको भान हुन्छ। हुन त कतै म पनि चुकेको हुनसक्छु। यसो त जनताका अगाडि चुकेको भनेर भन्न पाउने छुट छैन मलाई जसरी पनि सममृद्धिको अभियान सफल पार्नु नै छ।

देश नेपाल शिशु स्याहर अबस्थामा ब्यस्त रहेकि आमा जस्तै गणतन्त्रलाई स्यारसुसारमा ब्यस्त रहेको अनुभुती हुन्छ। लामो संकटपछि जन्माएको यो गणतन्त्र छैटिपछि मंलेरिको ब्याख्या एक थियो त न्वारनपछि ज्वतिसको ब्याख्या एक रहदै आएएको थियोे। मन्टेश्वरिमा भर्ना हुदा गुरु आमा अनि मन्टेश्वरि परिवारले चालचलन र आनिबानि अनुरसार आफ्नै ब्याख्या अनुसारको नामाकरण गरिरहेका छन्।

आमुल परिवर्तनको एजेन्डा बोकेर आएको यो शिशुलाई शितिज पारिको किरण बनेर थुप्रै चुनौति झेल्नुपरेको छ। मौसम प्रतिकुलताले किरण छेकिएका छन। त कतै यहि समयमा सुर्यचन्द्र र पृथ्वी एउटै रेखामा परेर ग्रहणको सामान गर्नु परेको छ। हाम्रो परम्परा अनुसार छैटिमा कोरिएको कर्म रेखाले भबिस्य निर्धारित गर्ने गदर्छ। न्वारनमा जोतिसिले तयार गरेको कर्मकान्डले यात्रा सहज सरल बनाउछ। भबिष्य राम्रो बनाउछ अनि केही बाँकि उसको मेहनतले पनि भबिष्यलाई उज्वल बनाउछ भन्ने सुनेका थियौँ। त्यसैले सामाजिक परम्परा ,जोतिष शास्त्र र शिशुको स्वभाव जन्य कृयाकलापमा बिस्वास राख्दै अघि बढिरहेछौ।

मैले बिस्वास गर्ने माक्र्सवादलाई आदर्स ठान्दै ,बिज्ञानलाई किताब मानेर, सामाजिक परम्परालाई फिल्टर भित्र राखेर दैनिकि चलाइरहेको छु। यसो लाग्छ यो मेरो दैनिकी जस्तै आम नेपाली युवाहरुको दैनिकी हो। यहाँ शिशु अबस्थामा रहेको गणतन्त्रको भ्रुण बिकाशमा लागेको दस बर्षको त्यो अथक त्याग तपस्या र संघर्ष, १९ दिन लामो प्रस्वबपिडाको छट्पटी अनि छैटि र न्वारानमा दुइपटकको पारिबारिकमा परेको समस्या र जिम्मेवारीपछि तयार भएको जन्म कुन्डलिको अबलोकन र सहभागिता हुदा यस प्रतिको बुझाइ ,आशा र अपेक्षामा कुनै कसुर राखेको थिएन्।

मैले बुझेको गणतन्त्र र आज भोगेको र देखिरहृको साथैहरुले व्याख्या गर्दाको गणतन्त्र फरक देखिरहेकोले म र मेरो यात्रा बिच बाटोमै अल्मलिएको छ यात्रा सुचारु र सरल बाटोको खोजि गरिरहेको छु।

किनकि यहाँ ४ तले शुबिधा सम्म्पन्न महल निर्माण भएको छ। ७५३ गुणस्तरीय कोठा सजिएका छन। त्यी कोठा पाँच बर्षसम्म भाडामा दिएर निर्माता ढुक्कसँग दैनिकि गुजार्ने ठाउँमा छन्। कोठा कोठामा सौचालय छन ,प्रत्यक कोठामा आफ्नै भान्साको ब्यबस्थापन गरिएको छ। तातो चिसो पानिको लाईन जोडिएको छ,फरकफरक पासपोर्टमा चल्ने इन्टरनेट छ,आफ्नै सुईच थिचेर बत्ती बाल्ने ब्यबस्था छ। आगनमा पार्किङको बन्दोबस्त मिलाएको छ।

सबै कोठामा टेलिभिजनको ब्यबस्था छ। सबैले टेलिफोन गर्न लाईन जोडिएको छ र यो ब्यबस्थापनले हामिमा एक उर्जा थपेको र आशा पलाएको थियो र हामिले सबैलाई आशा बाँडेका थियौँ।

किनकि स्वरुपमा हामी बस्ने महल परिपक्वता देखिन्छ तर समाचार सुन्दा टेलिभिजनले झ्यारझ्यार गरिरहन्छ ,ईन्टरनेटले फन्को मारि रहन्छ ,तातोपानी खोज्दा पावरले काम गरि रहेको छैन। बिद्धुतिकरणमा संचित छ्यामता नहुनुले मैनबत्तिको साहारा अनिवार्य भएको छ। ग्यासको अभाबमा गागो बाल्न महलको सजावटले संकट पैदा गरेको छ। भौगोलिक कठिनाईले खानेपानिसँग साप्ताहिक भेटघाट हुन्छ र सौचालय प्रयोग र सरफाईमा चुनौति देखिएको छ। टेलिकमले प्रबिधिको दुनियाँलाई दोस दिदै भेटघाटमा मन्दता देखाएको छ।

समस्या समाधान खोज्दा श्रोत एउटै भएकोले श्रोत प्रणालिले सहजै एउटाले चाहे सामाधान असम्भब देखिन्छ। सामाधान पछि दौडिदा प्रकृयाले मालिक खोज्छ र मालिक लाई सुबिधा भन्दा भाडामा मात्र चिन्तित भएकोले भाडा कबुलको समयमा भेट हुनेछ र त्यो समय छ बर्ष सकिने समयको मुखमा हुनेछ।

आज हामी न अभिभाक हुनसकेका छौ न अभिभाबकको अनुभुती गर्न सकेका छौँ। हामीमा अन्यौलताले जरा गाडेको छ। उधारणमा बिकाशका लागि बजेट कार्यन्वयन प्रकृयामा कहिले योजना माग ,कहिले बजेट माग , कहिले निकासा माग त कहिले कार्यन्वयन पद्धति र प्रकृया माग बजेट कार्यनयनको समय रेखा तोकेको छ।

निकासा नभई सम्झौता गर्न मिल्दैन सम्झौता नभई काम अधि बढाउन मिल्दैन। माथिल्लो तहले घोषणा गरेको बजेट बाटोमा ९ मैना लगाउछ ठेक्का गर्न र सम्झौता गर्न दुई मैना लाग्छ बाँकि रहेको एक मैना भुक्तानी र प्रतिबेदनको काम कार्यन्वयन कहिले ? र प्रभाबकारिताको समय खै? दैनिकि हाम्रो यसै पछि मात्र भागाभाग मा चलिरहेको छ तलै पिच्छे चाल चलन र रहनसहन फरक छ। मैले बुझेको गणतन्त्र र आज भोगेको र देखिरहृको साथैहरुले व्याख्या गर्दाको गणतन्त्र फरक देखिरहेकोले म र मेरो यात्रा बिच बाटोमै अल्मलिएको छ यात्रा सुचारु र सरल बाटोको खोजि गरिरहेको छु।

‘लेखक – कालिकोटको पलाँता गाउँपालिका अध्यक्ष हुन्।’