नायिका थापाको नयाँ चलचित्रमा सौगात मल्ल र दयाहाङ राई



काठमाडौँ। लोकप्रिय नायिका रेखा थापाले सौगात मल्ल र दयाहाङ राईसँग टिमअप गरेकी छन्। आफ्नो छैटौं निर्माणका लागि उनले अभिनेताद्वय मल्ल र राईसँग टिमअप गरेकी हुन्। वैशाखबाट फ्लोरमा जाने सिनेमा एक्सनप्रधान हुने अभिनेत्री थापाले बताएकी छन्।

यसअघि निर्देशक रेनेशा वान्तवा राईसँग सिनेमा बनाउने घोषणा भएपनि राई आफ्नै होमप्रोडक्सनमा व्यस्त हुने भएपछि थापाले यी दुई अभिनेतासँग मिलेर एक्सन सिनेमा ल्याउन लागेकी हुन्।

सिनेमाको नाम र पुरा लाइनअप केही समयपछि घोषणा गर्ने बताएकी रेखाको यो सिनेमालाई सबिर श्रेष्ठले निर्देशन गर्नेछन्। सिनेमाको कथा जगदिश्वर थापाले लेखिरहेका छन। रेखाको यो सिनेमा उनको पछिल्लो रिलिज मालिका रिलिज भएको दुई वर्षपछि रिलिज हुनेछ। त्यसअघि रुद्रप्रिया बनाएकी रेखाले आफ्नो नयाँ सिनेमा आफ्ना अघिल्ला सिनेमाझैं विषय प्रधान हुने बताइन्।

मेरा सिनेमा विषयप्रधान रहँदै आएका छन्। यसपटक पनि विषयप्रधान छ। विषयका बारेमा केही समयपछि खुलासा गर्नेछुु, उनले भनिन्, यसपटक सिनेमामा सौगात र दयाहाङजस्ता कलाकारसँग आउँदैछु, ढुक्क हुनुस्, यसपटक पर्दामा केही सशक्त नयाँ कुरा दर्शकले पाउनुहुनेछ। सिनेमालाई लिएर उत्साहित बनेकी छु।

सौगात र दयाहाङसँगको कामलाई लिएर दतसाहित रहेको बताएकी रेखाले सिनेमाको कथाले दया र सौगात नै खोजेको स्पष्ट पारिन्। विषयवस्तुका हिसावले यो सिनेमामा उहाँहरूकै आवस्यक्ता छ, त्यसैले हो। सँगै काम गर्दा राम्रो नतिजा आउँछ भन्ने विश्वास पनि होु,रेखाले भनिन्।

रेखाले सिनेमाका लागि सौगात र दयासँग गरेको टिमअपले दर्शकमा कौतुहल्ता ल्याउने आशा राखिएको छ। दयासँग रेखाले ुनीरफूलुमा काम गरिसकेकी छन् भने सौगातसँग भने पहिलो पटक काम गर्न लागेकी हुन्।