हिजो अष्टलक्ष्मी, आज शिवमायामाथि भालेवादी चिन्तनः नेता लामा



काठमाडौँ। अनेरास्ववियूकी नेता आरती लामाले नेपाली राजनीतिमा महिलाको अस्तित्व स्वीकार गर्न पुरुष नेतृत्वलाई कठिन परेको प्रष्ट पारेकी छन्। पछिल्लो समयमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेको विषयले नेपाली राजनीतिक क्षेत्रलाई दुई कित्तामा विभाजन गरेको अवस्था छ। नेपाली महिला नेताहरुको योग्यता र क्षमतामा पुरुष नेतृत्वले स्वीर गर्न नसकेको गम्भीर आरोप लागेका छन्।

यसै सन्दर्भलाई नेता लामाले मंगलबार सामाजिक सञ्जालमा लेखेकी छन्, ‘राजनीतिमा महिलाको अस्तित्व स्वीकार गर्न निकै कठिन। हिजो अस्टलक्ष्मी शाक्य, आज शिबमाया भोलि हामी जो कोइ पनि! भालेवादी चिन्तन।’

नेता लामाले पुरुष नेतृत्वले महिलामाथि भालेवादी चिन्तनले नहर्ने समेत चेतावनी दिएकी छन्। २१औं शताब्दिमा त्यो पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको प्रसँगलाई लिएर नेता लामाले सम्बोधन गरेको ‘भालेवादी चिन्तन’ शब्दले नेपाली राजनीतिमा महिला कति विरहरुको सिकार हुनु परिरहेको छ भन्ने तस्बिर देखाउँछ। मातृसत्ताको वकालत गरिरहेका पक्षले नेता लामाको विचारलाई समर्थन गर्न आवश्यक छ।