‘झ्याप्पै माया’ बोलको गीत बजारमा (भिडियोसहित)



काठमाडौँ। मनका भावना शब्द्लहरिमा जेलेर बन्छन् गीत। अनि कतिलार्इ आफ्नै कहानी बोले जस्तो लाग्दछ जिन्दगीमा। सबैको साथी बनिदिन्छ गीत संगीत। हरेक परिस्थिति अनुसार सुहाउँदो भावनाको पोको न हो गीत। यहि पोको बजारमा ल्यार्इदिन्छन् कलाकारहरुले। यस्तै ‘मायाको कहानी’ बोकेको गीत भर्खरमात्र बजारमा सार्वजनिक भएको छ।

वीरेन्द्र खड्का ‘बेस्ट’ र बिनिता जिएमको आवाजमा रहेको गीतको उत्कृष्ट शब्द सृजना गम्भीर महतराले गरेका छन्। सङ्गीत गायक बेस्टुको रहेको छ।

कलेज नेपालबाट प्रसारित हुने चचित वेब सिरिज आजकालको लभलगायतका धेरै सिरिजमा काम गर्दै आयकी कन्चन खड्का र बेस्टुको अभिनयमा तयार भएको भिड्योको निर्देशन चर्चित निर्देशक बिक्रम चौहानले गरेका छन्।

भिडियोको छायांकन प्रकाश खड्का र सम्पादन मिलन बिश्वकर्माले गरेका छन्। गीत बिरेन्द्र खड्का बेस्स्टु युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

पूरा भिड्यो हेर्नुहोस्