महेन्द्रको स्वरमा ‘जाउँ है घुम्न कालिकोट’ सार्वजनिक



काठमाडौँ। गायक महेन्द्र शाही ‘राष्कोटी’ आवाजमा ‘जाउ है घुम्न कालिकोट’ बोलको गीत बजारमा आएको छ। अनिपाल शाही र कृष्णराज धमलाको शब्द रचना तथा राजेन्द्र शाह ‘बीपी’काे लय र्सिजनामा उक्त गीत बजारमा आएको हो।

गीतमा विमल अधिकारी र आशा शाहीको अभिनय रहेको छ। राष्ट्रगुरु योगीनाथ नरहरीप्रति समर्पित उक्त गीतमा योगीको जीवनीबारेमा चर्चा गरिएको छ।

राष्ट्रगुरु योगीको जन्म कालिकोट जिल्लाको साविक लालु गाविस र हाल नरहरीनाथ गाउँलिका वडा नम्बर ८ मा विसं १९७१ फागुन १७ गते भएकाे हाे। गीतको म्युजिक भिडियो आशा शाहीले निर्देशन गरेकी हुन्।