२९८औं पृथ्वी जयन्ती (फोटो फिचर)



काठमाडौँ। पृथ्वीनारायण शाहको आइतबार काठमाडौँमा २९८औं पृथ्वी जयन्ती मनाइएको छ। आइतबार सिंहदरबार पश्चिम गेट अगाडिको उनको शालिकमा माल्यार्पण गरिएको छ।

नेपाल प्रज्ञा प्रतिष्ठानबाट रथयात्रासहित सुरु भएको र्‍याली नाचगानसहित पृथ्वी शालिकसम्म आइपुगेको थियो। पृथ्वी जयन्तीको अवसरमा विगतमा सरकारले सार्वजनिक बिदा दिने गरे पनि २०६२/६३ को जनआन्दोलनपछि विदा कटौती गरेको छ।

तर, गोरखाका ४ सहित देशका केही स्थानीय तहले आइतबार विदा दिएका छन्। नेपाली सेनाले पृथ्वीनरायण शाहको सम्झनामा गोरखाबाट सुरु गरेको पदयात्रा आइतबार सिंहदरबार अगाडि आएर समापन गरिएको छ।

 

तस्बिर-मुकुन्द कालिकोटे