काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियूको केन्द्रीय कमिटिका सदस्यहरुले सपथ ग्रहण लिएका छन्। अनेरास्ववियूद्वारा आयोजित ‘एकताको पूर्ण वैठक तथा सपथ ग्रहण’ कार्यक्रममा उनीहरुले सपथ लिएका हुन्।
तीन सय ३५ सदस्यीय केन्द्रीय कमिटिका सदस्यलाई पार्टी महासचिव विष्णु पौडेलले सपथ खुवाएका हुन् ।अनेरास्ववियूले संगठनमा ४५ सदस्यीय स्थायी समिति पनि बनाएको छ।
अनेरास्ववियूको ४५ सदस्यीय स्थायी समितिमा पूर्व एमाले निकट अनेरास्ववियूबाट २४ र पूर्व माओवादी निकट अनेरास्ववियू क्रान्तिकारीबाट २१ जना छन्। यसअघि अनेरास्ववियू १८ पुसमा एकीकृत केन्द्रीय समितिको नाम टुंगो लगाएको थियो।