विमानस्थलका हाकिमलाई मन्त्री भट्टराईले भने “काम गर्न नसक्ने भए ठाउँ खाली गर्नुहोस्”



काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक अनुगमनमा पुगे। उनले मुख्य गरी शौचालयहरुको निरीक्षण गरे ।

जब उनी शौचालयहरु हेर्न पुगे, हात धोएपछि पुछ्न न टिस्यु पेपर राखेको देखे, न ड्रयाकर मेसिन नै।

किन नराखेको भनेर विमानस्थल हाकिम र सरसफाइ व्यवस्थापन हेर्नेहरुसँग सोधे । उनीहरुले ड्रयार मेसिन ल्याउन टेन्डर भइसकेको भन्दै टार्न खोजे ।

उनीहरुले यात्रुले टिस्यु पेपरले जुत्ता पनि पुछ्ने गर्दा धेरै टिस्यु खर्च हुन्छ मन्त्री भट्टराई जंगिए र भने,’हुन्छ त खर्च, हात पुछ्न त पर्‍यो नि !’

उनले यसबारे नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रमुख राजन पोखरेलको पनि ध्यानाकर्षण गराए ।

अनलाईनखबरका अनुसार मन्त्री भट्टराईले अवलोकनमा क्रममा शौचालयमा एयर रिफ्रेसर पनि नराखिएको र शौचालय पनि फोहोर भएको भन्दै असुन्तष्टी जनाए ।

विमानस्थलका विभिन्न भागमा अलपत्र छाडिएका फोहर र फोहोर पानी देखाउँदै उनले सोधे,’यो के हो हाकिम सा’ब ?’ हरेक समयमा शौचालय पुछेर सुख्खा पारेर राख्न र नगन्हाउने गरी व्यवस्थापन गर्न निर्देशन दिए। उनले विमानस्थलका हाकिमलाई काम गर्न नसक्ने भए ठाउँ खाली गरेर जान पनि भने।

‘कतार, सिंगापुर, दोहाको एयरपोर्ट हेरेर यात्रु आउँछन्, र यहाँ पनि त्यही अपेक्षा गर्छन्, त्यो स्वभाविक हो,’ उनले भने,’सफा राख्ने कुरामा हामील सम्झौता गर्नुहुँदैन, गुनासो नआउने अवस्था बनाउनुपर्छ।’

कतिपयले भने नेपालाई होच्याउने र पर्यटक नै आउन नदिने खालको नियत नै राख्ने गरेको भन्दै सकेसम्म गुनासो गर्ने अवस्था आउन नदिने गरी काम गर्नुपर्ने भट्टराईको भनाई छ । उनले विमानस्थल व्यवस्थापनका अधिकारीहरुलाई दैनिक रुपमा अनुगमन गरेर सरसफाइको व्यवस्थापन गर्न निर्देशन दिए ।

मन्त्री भट्टराईले दिनमा पटक-पटक सरसफाइको अवस्था हेर्नुपर्ने भन्दै पर्यटक वर्षमा आएका पर्यटकलाई निरास बन्ने अवस्था आउन दिन नहुने बताए । केही दिब अघि एकजना बिदेशी नागरिकले नेपालको शौचालयजादा २० वर्षसम्म सफा गर्नु पर्ने भयो भन्दै ट्विट गरेका थिए।