गल्तिले युक्रेनी विमान खस्न पुगेको इरानको स्वीकारोक्ती



काठमाडौँ। इरानको सेनाले आफूहरुले ‘अन्जानबस’ युक्रेनी यात्रुवाहक जेट विमान खसालेको स्वीकार गरेको छ। इरानी सरकारी टीभीले शनिबार विहान प्रसारण गरेको देशको सेनाको वक्तव्यमा भनिएको छ, ‘मानवीय गल्तीको कारण युक्रेनी विमान गल्तीले खस्न पुग्यो।’

वक्तव्यमा घटनाको लागि जिम्मेबारहरुमाथि कारबाही गरिने बताइएको छ। इरानले यस अघि हवाई जहाज प्राविधिक कारणले आफै दुर्घटनाग्रस्त भएको बताउँदै आएको थियो।

तेहरानको अन्तराष्ट्रिय विमानस्थलबाट उडेको विमान उडेको केही समयममै दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा जहाजमा सवार सबै १७६ यात्रुको मृत्यु भएको थियो। अमेरिकी मिडियाले यस अघिनै विमानलाई युद्धक विमान ठानेर इरानी पक्षले झारेको हुन सक्ने आशंका व्यक्त गरेका थिए। एजेन्सी