काठमाडौं। हरेक वर्षको पुस शुक्ल पूर्णीमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट सुरु भएको छ।
प्रत्येक वर्ष पुस शुक्ल पूर्णीमादेखि माघ शुक्ल पूर्णीमासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको व्रत बसे तथा कथा भने र सुने मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ।
यसै अवसरमा काठमाडौंको शालीनदीमा मेला सुरु भएको छ। पुस २५ गतेदेखि १ महिनासम्म चल्ने शालीनदी मेलाका लागि यातायात, सुरक्षा र स्वास्थ्यलगायतका विषयमा सम्पूर्ण तयारी पूरा भइसकेको मूल आयोजक समितिले जनाएको छ।
तस्बिर: मुकुन्द कालिकोटे