सुनको मूल्य तोलामा ९ सयले घट्यो



काठमाडौं। निरन्तर उकालो लाग्दै गएको सुनको भाउ दुई दिनयता ओरालो लाग्ने क्रममा छ। शुक्रबार तोलामा ९ सय रुपैयाँले घटेर ७४ हजार ६ सयमा आइपुगेको हो।

यसअघि ७६ हजार ५ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको मूल्य पछिल्लो समय घट्दै आएको छ। अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव कम भएसँगै ओरालो लाग्न पुगेको हो।

बिहीबार ९हिजो० प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज ७४ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।