‘सूचना प्रविधि विधेयक पास भयो भने भीम रावल पक्राउ पर्छन्’ ‘भिडियोसहित’



काठमाडौँ। नेपाली काँग्रेसका युवा नेता गगन थापाले प्रस्तावित सूचना प्रविधि विधेयक पास भएको खण्डमा नेकपाका नेता समेत पक्राउ पर्ने जिकिर गरेका छन्।

सरकार नागरिकको वाक स्वतन्त्रता कुण्ठित गर्न लागिपरेको आरोप लगाउँदै नेता थापाले यस्तो जिकिर गरेका हुन्। नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा आयोजना गरेको विरोधसभामा बोल्दै नेता थापाले सरकार नागरिकको मुख थुन्न लागेको बताए।

‘विधेयकहरु नागरिकको अधिकार खोस्ने गरी आइरहेका छन्। विधेयक यसरी आउनुको पछाडि प्रधानमन्त्री बलियो भएर होइन लुते भए हो’ उनले भने, ‘प्रधानमन्त्रीले काम गरेर जवाफ दिने हिम्मत गर्नुभएन, सामाजिक सञ्जालमा आफूमाथि हुने टिप्पणीलाई नियन्त्रण गर्ने गरी कानून बनाउन खोज्नुभयो।’

सूचना प्रविधि विधेयक अहिलेको अवस्थामा परित भए सरकारका अरिङ्गाल बाहेक कोही बाँकी नरहने थापाले जिकिर गरे। विधेयक जस्ताको तस्तै पारित भयो सरकारका अरिङ्गाल बाहेक कोही बाँकी रहँदैनन्।

नेकपा र अखिलका साथीहरुले बुझे हुन्छ, भीम रावल र रामकुमारी झाँक्री पनि पक्राउ पर्छन्,’ थापाले भने, ‘यहाँ श्री ६ बडामहारानी विद्या भण्डारीको जय, श्री ५ प्रधानमन्त्री केपी ओलीको जय, श्री ३ प्रचण्डको जय भन्नेहरु टिक्छन् । अरु सबै सकिन्छन्।’