नेपाल तामाङ विद्यार्थी घेदुङको केन्द्रीय अध्यक्षमा तामाङ



काठमाडौं। नेपाल तामाङ विद्यार्थी घेदुङको केन्द्रीय अध्यक्षमा विद्यार्थी नेता दिनेश लो तामाङ चुनिएका छन् । बुधबार सम्पन्न तामाङ विद्यार्थीहरुको यस साझा संगठनको सातौं केन्द्रीय सम्मेलनबाट लो सर्वसम्मत निर्वाचित भएका हुन् ।

लो को अध्यक्षतामा गठित नयाँ केन्द्रीय समिति ६७ सदस्यीय रहेको छ भने वरिष्ठ उपाध्यक्षमा सुजन तामाङ, महिला उपाध्यक्षमा संगिता पाख्रिन, उपाध्यक्षहरुमा जुन बहादुर तामाङ, इन्द्र तामाङ र इश्वरी तामाङ चुनिएका छन् । महासचिवमा सुक सागर तामाङ सर्वसम्मत चयन भएका छन् ।

नेपाल तामाङ विद्यार्थी घेदुङको केन्द्रीय सचिवमा हैकम घिसिङ ९प्रदेश नं १०, जेन्जे तामाङ ९प्रदेश नं २० विशाल थिङ ९प्रदेश नं ३०, अष्टमान तामाङ ९उपत्यका०, हेमेश तामाङ, सुनिता तामाङ, कुमार ब्लोन, कमला पाख्रिन, जगत तामाङ, सुजता तामाङ, क्षितिज तामाङ, अर्चना तामाङ चयन भएका छन् । यसैगरी कोषाध्यक्षमा पविना लामा र सह– कोषाध्यक्षमा चन्द्र ग्याबक तामाङ निर्विरोध चयन भए ।

संघीय कार्यसमिति सदस्यमा निर्वाचित हुनेहरुमा महेन्द्र तामाङ, अञ्जेस तामाङ, रोशन लामा, निमा गोले तामाङ, राजकुमारी तामाङ, रामकुमार तामाङ, मिथिला तामाङ ९स्याङ्तान०, मोहनबन्धु गोले तामाङ, अजय तामाङ, मिरा कुमारी तामाङ ९मोक्तान०, सीता तामाङ, सुवास लामा, छिरिङ लामा, भावना तामाङ, उर्मिला तामाङ, राममाया तामाङ, सोनाम लामा, जितेन्द्र थोकर, डेनो थिङ, सम्झना ब्लोन, नवाङ थोकर, सम्राट लामा, रमेश तामाङ, राजेन्द्र मोक्तान, इन्द्रजित तामाङ, कुमारी लामा ९स्याङ्दान०, मोहन तामाङ, मनिष तितुङ, सनम तामाङ ९महिला०, रेशम स्याङ्बो तामाङ, भुवन तामाङ, प्रेम तामाङ र आइमान तामाङ रहेका छन् ।

प्रतिनिधि सभा सदस्य तथा पूर्व कानुनमन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा, नेपाल तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष बेली लामा, महासचिव बाबु घिसिङ, अन्तर्राष्ट्रिय तामाङ परिषद्का वरिष्ठ उपाध्यक्ष टासी लामा, नेपाल तामाङ घेदुङका पूर्व महासचिव तथा अन्तर्राष्ट्रिय तामाङ परिषद् का उपाध्यक्ष कुमार ब्लोन र अनेरास्ववियुका नेता शैलेश लामा लगायतको उपस्थिति रहेको थियो ।

“संघीय बहुभाषिक शिक्षा नीति र मातृभाषामा शिक्षा संवैधानिक अधिकार प्राप्ति हाम्रो अभियान, तामाङ समुदायको पहिचान र ताम्सालिङ प्रदेश नामाकरणको पक्षमा सातौं संघीय सम्मेलन” भन्ने मुल नाराका साथ सम्पन्न सम्मेलन सातौं सम्मेलन आयोजक समितिका संयोजक हर्कमान तामाङको अध्यक्षतामा भएको थियो । सम्मेलन सञ्चालन निवर्तमान महासचिव सोमराज घलान तामाङले गरेका थिए ।