देउवाविरुद्धको पहिलो हस्ताक्षरकर्ता डडेल्धुराकै सभापति



काठमाडौँ। काँग्रेस संस्थापन इतर पक्षको जिल्ला सभापतिसँगको परामर्श बैठक सकिएको छ। पार्टी कार्यालय सानेपामा सोमबारदेखि सुरु भएको परामर्श बैठक बुधबार सकिएको थियाे।

संस्थापन इतर पक्षको उपस्थिति बिना पुस ११ गतेको केन्द्रीय समिति बैठकबाट भएका निर्णय सच्याउन पार्टी सभापति देउवालाई दबाब दिने उद्देश्यका साथ बैठकको अयोजना गरिएको थियो।

जसको संयोजन वरिष्ठ नेता पौडेलले गरेका थिए। देउवाले गरेका निर्णयका विरुद्धमा पौडेलले जिल्ला सभापतिको साथ खोजेका थिए। जसमा उनलाई पहिलो साथ देउवाको गृहजिल्ला डडेल्धुराका सभापतिको कर्ण मल्लको रह्यो।

रातोपाटीका अनुसार देउवाको निर्णयविरुद्ध सानेपामा ४३ जिल्ला सभापति भेला भएका थिए। देउवाको निर्णयविरुद्ध पहिलो हस्ताक्षर मल्लले गरेका हुन्। उनी सानेपामा पनि सबैभन्दा पहिले पुगेका थिए। लामो समय देउवाको स्वकीय सचिव रहेका मल्ल यतिबेला देउवाविरुद्ध अग्रपंक्तिमा देखिन्छन्। मल्ल यतिबेला डा‍‍.शेखर कोइरालासँग नजिक देखिन्छन्।