मलाई विकास विरोधि भन्नेहरू राष्ट्रघाती हुन्: भीम रावल



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली नेता भीम रावलले आफूलाई विकास विरोधि भन्नेहरु राष्ट्रघाती भएको टिप्पणी गरेका छन्।

जनता टेलिभिजन मार्फत प्रसारण हुने एक अन्तरवार्ता कार्यक्रममा नेता रावलले भनेका छन्,‘देशको सार्वभौमिकता गुमाउँनेहरु राष्ट्रघाती हुन्।’

अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कप्रोरेशन (एमसीसी) राष्ट्रहित विपरित भएको भन्दै नेता रावलले खबरदारी गर्दै आएका छन्। केही समय पहिले समपन्न नेकपाको स्थायी कमिटीको बैठकमासमेत नेता रावलले जोडदार आवाज उठाएका थिए।

त्यतिबेला नेकपाले एमसीसी इन्डो प्यासिफिक स्टाटेजीको अंक भएको प्रमाणित भए त्यसका बारेमा छलफल गर्ने वा पुनःविचार गर्ने बताएको थियो। अमेरिकी दुतावासले एमसीसी इन्डो प्यासिफिकको एक अंक भएको बताइसकेको अवस्था पनि नेकपा सरकार संसदबाट पास गराउने या के गर्ने ? भन्ने विषयमा अलमलमा छ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विश्वमा नेपालको विश्वास गुम्ने भन्दै एमसीसी परियोजना पास गर्नुपर्ने अडानमा छन्। यस परियोजनाले देशलाई कालान्तरमा असर पार्ने भन्दै चौतर्फि विरोध भइरहेको छ।