नेकपाले आज पनि सभामुखबारे निर्णय गर्न सकेन


काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीको बैठक झण्डै एक महिना पर सारिएको छ। आइतबार बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले आउँदो बुधबारका लागि बोलाइएको बैठक माघ १५ गतेका लागि सारेको हो।

राष्ट्रिय सभाको चुनावको तयारीमा जुट्नुपर्ने भन्दै बैठक सारिएको नेकपाले जनाएको हो। आइतबारको सचिवालय बैठकमा सभामुखको सम्बन्धमा पनि छलफल हुन सकेन।