काठमाडौँ। अर्जेन्टिनाको अदालतले रोमन क्याथोलिकका दुई पादरीलाई चर्च स्कूलका बहिरा बालबालिकामाथि बलात्कार गरेको आरोपमा ४० वर्षभन्दा बढीको जेल सजाय सुनाएको छ।
होरासियो कोर्बाचो र निकोला कोर्राडीका साथै एक माली मेन्डोजास्थित एक विद्यालयका बाल–बालिकामाथि सन् २००४ देखि २०१६ सम्म बलात्कार र उत्पीडन गरेको प्रमाणसहित उनीहरुलाई जेल सजाय तोकेको हो। उनीहरुलाई जेल सजाय सुनाइँदा उत्पीडनमा परेका थुप्रै बालबालिकाहरुको अदालत बाहिर उपस्थित थियो।
पोप फ्रान्सिसको मातृभूमीमा यस्तो घट्ना हुँदा धेरै अचम्ममा परेका थिए। अदालतले पादरी कोर्बाचोलाई ४५ वर्षको जेल सजाय तोकेको छ। ५९ वर्षे उनले लुजान दे कुयो शहरमा रहेको इन्स्टिच्युटो ओन्टोनियो प्रोभोलो डे मेन्डोजाका बाल–बालिकामाथि यौन दूराचार गरेको पुष्टि गरेको थियो।
यस्तै, कोर्राडी, ८३ वर्षका इटालियन नागरिकलाई ४२ वर्षको जेल सजाय तोकिएको छ। अर्मान्दो गोमेज, लुजन डे कुयो स्कूलका मालीलाई १८ वर्षको जेल सजाय तोकिएको छ। एजेन्सी