काठमाडौँ। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को केन्द्रीय कमिटी विस्तार गरिएको छ।
निक्कै अन्यौलता अन्त्य गर्दै अनेरास्ववियूले ३३५ सदस्यीय केन्द्रीय समिति विस्तार गर्ने निर्णय गरेको हो। बैठकले तत्कालीन एमाले समर्थित विद्यार्थी संगठनबाट १८० र तत्कालीन माओवादी समर्थित अखिल क्रान्तिकारीबाट १५५ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति विस्तार गरेको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले जानकारी दिए।
त्यस्तै, केन्द्रीय कमिटीको सचिवालय १११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय गठन गर्ने अनेरास्ववियूले निर्णय गरेको छ। संगठनमा केन्द्रीय कमिटीका अतिरिक्त अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गरी ३ वटा केन्द्रीय निकाय पनि गठन हुने अनेरास्ववियू संयोजक र सहसंयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
तत्कालीन नेकपा एमाले र माओवादी एक भए पनि विद्यार्थी संगठनको केन्द्रीय कमिटी हालसम्म टुंगो लाग्न सकेको थिएन। ऐन महर संयोजक र रञ्जित तामाङ सहसंयोजक तोकिएका थिए। शुक्रबार केन्द्रीय समिति विस्तार भएसँगै नेकपाको शक्तिशाली भातृ संगठन मानिने अनेरास्ववियूले पूर्णता पाएको छ।
हेर्नुहोस् केन्द्रीय कमिटीको नामावली