काठमाडौँ। गत फागुनमा ब्रेनट्युमरबाट थला परेकी कालिकोटकी २१ वर्ष वर्षीया उर्मिला विष्टको उपचारका निम्ति एबीसी न्युज टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम इन्देणी समूहले दुइ लाख ३६ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्त्रण गरेको छ।
उर्मिलाका श्रीमान प्रदिप बोहराका अनुसार नेपालको उपचार नभएपछि भारतको मेदान्त अस्पतालमा लैजाने तयारी हुँदैछ। आगामी सोमबार त्यसतर्फ लैजाने बोहराले कर्णाली सन्देशलाई जानकारी दिए। नेपालमा उर्मिलाको उपचार हुन नसक्दा भारत लैजान लागिएको हो। प्रदिप यतिवेला सहयोगका हातहरु फैलाइरहेका छन्। श्रीमतीको उपचारका निम्ति उनले यतिसम्म गर्नुपर्ला भनेर जीवनमा कहिले पनि कल्पना समेत गरेका थिएनन्। उनी अचेल ऋण सापट र सहयोगकोसाथै श्रीमतीको तनावका कारण थकित जस्तै देखिन्छन्। तर, प्रदिप श्रीमती जीवनप्रति निक्कै नै गम्भीर छन्।
ब्रेनट्युमर जस्तो गम्भीर रोगबाट थलापरेकी उर्मिलाको उपचारका लागि प्रदिपले भएको सम्पत्ति लगानी गरेका छन्। जीवन अमूल्य छ। एक पटक मेदान्तसम्म लिएर हेर्छु। गुमेको दृष्टि र नचलेका हात खुट्टा चलिहाल्थेकी भन्ने आशा छ। उनले भने, ‘आफूसँग भएको सम्पत्ति पनि सकियो। अब अरुको भरोसामा चल्नुपर्ने दिन आएका छन्। मेरो श्रीमति बचाउ अभियानमा लाग्ने सम्पूर्णमा हार्दिक धन्यवाद दिन्छु। पर्दाखेरी लगाएको गुनको मूल्य कति हुन्छ भन्ने कुरा महसुस भएको छ। आगामी दिनमा पनि उदार, दिलदार र सहयोगी मनहरुले सक्दो सहयोग गरिदिन अनुरोध गर्दछु।’
उर्मिलाको विषयलाई लिएर कालिकोटका युवा मेघराज विष्ट सामाजिक सञ्जालमा लेख्छन्,‘ विवाहित नवजोडी। खुशीको सिमा थिएन। अचानक दुलही बिमारी हुन्छन्। आफन्त भन्छन्, ‘देउताको सराप। दुलाहको ज़िद्दी शहर जाँउ, ओखती गर्न। विजेता दुलाहा शहर पुग्छन्।
डाक्टर भन्छन्, ‘ब्रेन ट्यूमर’ शल्यक्रीया गर्नुपर्छ। निको हुन पनि सक्छ। नहुन पनि। भए पनि शारीरिक समस्या हुन सक्छ। भवितव्य तपाईको जिम्मा राज़ी। ल्याप्चे गर्नुस्। आकाश खुेझैं हुन्छ । धर्ती भाँसिएझैं। र पनि काँपी रहेका हातले ठोके ल्याप्चे। जो विवसता थियो।
शल्यक्रिया सफल भयो । तर, हिंजोसम्म देखिने आँखा अब नदेखिने भए। चल्ने हात आजबाट नचल्ने भए। प्रष्ट बोल्ने जिब्रो, तोते बोल्ने भयो। हिजोसम्म आफै हिँड्ने खुट्टा आजबाट नहिड्ने भए।
दुलाह सोध्छन्ः डांक्टरसाप यो के हो? डाक्टर भन्छन्’ प्यारालाईसिस्। थप्छन्, जे डर थियो, त्यही भयो। अब ह्विलचियर बनाउनुस्। शिरमा हात, आँखामा आँसु, काँपीरहेको शरिर, अर्ध बेहोस जस्तै दुलाह, बिस्तारै लत्रिन्छन्, अस्पतालको चिसो कोलियामा। न केही सिप छ, न केही बिकल्प। न पैसा रह्यो। न ज्यान ज्यान जस्तो रह्यो । डियर जिन्दगी।
तर, पनि साहसी दुलाहले आस मारेका छैनन्। बिख्यात डाक्टर सन्दुक रुईत भन्छन्, एकचोटी भारतको ‘मेदान्त’ मा लैजानुस्। सास रहुन्जेलको आस्। चिथोरिएको जोड़ी। दुलाह धकेल्छन्, दुलही ह्विलचियरमा। गाँउका झुपडीदेखि सहरका गल्लीसम्म, फेसबुक देखी टेलिभिजनसम्म। भौतारीरहेको यो जोड़ी सहयोगी हातहरुको पर्खाईमा छ।
‘निभ्न’ लागेको दियोमा, तेल थप्यो भने। कसले भन्छ, बल्दैन। फेरि भन्लान्, ‘हावा लाग्ला, छेक्नुपरो। पानी परे ढाक्नुपरो। केवल स्वार्थ होईन । मानविय अस्तित्वका लागि जुध्न सिकौं। आदर्श होईन व्यवहारिक बनौं। धर्म र कर्म नछोडौं। धर्मको आयू लामों हुन्छ, स्वार्थको आयू छोटो। आखिर मान्छे भोको मर्दैन।
मैले त, सधै झै सक्दो सहयोग गर्ने पर्यत्न गरेको छु। अझै पनि गर्नेछु।लिस्टमा तिमी पनि थपीयौ। तिमीलाई चाडै निको होस्। आँखा खुलुन्। आँसु हरावस्। हात चलोस्। खुट्टा चलोस्। व्यथा हरावस्।’