‘पानखायो मायाले चुना हालेर’को चर्चापछि शर्मिलाको ‘बतास चल्यो सिरिरी’



वीरेन्द्र वली,

काठमाडौँ। गीत संगीत बजारमा आउदैछन्। कतिले चर्चा लिन्छन् भने कति सिमित हुन्छन्। युटुब ट्रेडिङ्गमा परेपछि मात्र गीत चलेको मानिन्छ अचेल। तर, त्यो पूर्ण सत्य भने होईन। आज भोलि गीत संंगीतको माहोल डिजिटल सिस्टममा चलेको छ। गीत सुन्ने हो हेर्ने होइन भन्ने चलन विस्तारै पाखा लाग्दै गएको भान हुन्छ।

केही समय पहिले नेपाली गीत संगीतको बजार तताउन सफल गीत हो ‘पान खायो मायाले चुना हालेर।’ जस गीतबाट चर्चामा आएकी सर्जक तथा गायिका हुन् शर्मिला तामाङ। उनले फेरी अर्को गीत बजारमा ल्याउने भएकी छन्। जस गीतमा पासाङ लामा र शर्मिला तामाङको संयुक्त प्रस्तुति रहने निर्माण पक्षले जानकारी दिएको छ।

जापानलाई कर्मथलो बनाएकी शर्मिलाको शब्द, पासाङ लामा र शर्मिलाकै स्वरमा ‘हावा चल्यो सिरिरी’ केही दिनमै भिडियोसहित बजारमा आउँदैछ। उमेश रार्इ र सुजता श्रेष्ठको दमदार अभिनयमा आउने गीत अनि भिडियोलाई अहिले पहिलो कभर मात्र सार्बजानिक गरिएको छ।