कर्णालीमा पर्यटन वर्ष २०२० नाच्दै गाउँदै उद्घाटन (भिडियोसहित)



काठमाडौँ। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीसहित अन्य व्यक्तिहरु नाच गान गर्दै पर्यटन वर्ष २०२० को उद्घाटन गरेका छन्। बुधबार पर्यटकीयस्थल बुलबुलेमा बिशेष कार्यक्रम गरी पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ।

वीरेन्द्रनगर बजारबाट बिभिन्न झाँकीसहितको र्‍याली निकाली बुलबुले उद्यानमा आएर भ्रमण वर्षको उद्घाटन गरिएको थियो। शुभारम्भका क्रममा कर्णालीका जातजाति विशेषका भेषभुषा र संस्कृतिको प्रदर्शनसमेत गरिएको थियो।

शुभरम्भकै क्रममा गोठीकाँठाबाट उडाइएको प्याराग्लाइडिङ कार्यक्रमस्थलमै ल्याण्ड गरिएको थियो। कर्णाली सरकारले भ्रमण वर्षलाई लक्षित गरी ४० वटा गन्तव्यहरु तय गरेको छ भने एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।

भिडियो हेर्नुहोस्