प्रहरी र नेकपाका कार्यकर्ताबीच गोली हानाहान



सुर्खेत। सुर्खेतमा प्रहरी र प्रतिबन्धित नेकपाका कार्यकर्ताबीच जम्काभेट हुँदा गोली चलेको छ।

जिल्लाको पञ्चपुरी नगरपालिका-८, जुवालथाइमा सूचना संकलनका लागि पुगेको सादा पोशाकको प्रहरी टोली र विप्लवका कार्यकर्ता जम्काभेट हुँदा गोली हानाहान भएको हो।

नेकपाका कार्यकर्ताले पहिले गोलि चलाएको र प्रहरीका तर्फबाट पनि दुई राउण्ड जवाफी फायर भएको छ बुझिएको छ।

यद्यपि, घटनामा कुनै क्षति भने नभएको प्रहरीले जनाएको छ।