‘विप्लवलाई सानो झिल्काे नठानियोस्, देशमा डढेलो लाग्न सक्छ’



काठमाडौँ। सांसद अनिता देवकोटाले विप्लव समूहलाई आगोको सानो झिल्को ठान्ने गल्ती नगर्न सरकारलाई चेतावनी दिएकी छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकोटाले विप्लवलाई वार्तामा ल्याएर सामाधान गर्न आग्रह गरेकी हुन्।

‘भूमिगत अवस्थामा विद्रोह गरिरहेको विप्लवलाई सानो झिल्का नठानियोस्, नत्र देशमा डढेलो लाग्न सक्छ’, उनले भनिन्, ‘विद्रोहमा रहेको नेकपा विप्लव समूहलाई सानो झिल्को नठानी वार्तामा ल्याइयोस र समाधान गरियोस।’ सांसद देवकोटाले सरकारको नेतृत्वमा रहेकाहरु र विप्लव समूह कुनै बेला एकै ठाउँमा रहेकाले समस्या समाधानमा अफ्ठेरो नहुने उल्लेख गरिन्।

‘अहिले सरकारको नेतृत्व गर्ने र विप्लव समूह सजातीय भएकाले एकलाई अर्काको कमजोरी थाहा छ’,उनले भनिन्, ‘दैलेखका गाउँपालिका अध्यक्षलाई १८ घण्टापछि कालिकोटबाट मुक्त गराइयो। एनसेलका टावर जलिरहेका छन्, यसले राम्रो संकेत गर्दैन।’ सांसद देवकोटाले विप्लव समूहलाई वार्तामा ल्याइ यो समस्या समाधान गर्न नसकेमा देशमा अर्को द्वन्द्व चकिर्नेतर्फ सरकारलाई सचेत गराइन्।

साथै उनले उखु किसानले समयमा भुक्तानी पाउनुपर्ने भन्दै सरकार श्रमिकको सरकार हो कि होइन भन्दै प्रश्न गरेकी छन्। सांसद देवकोटाले भारतले अक्रिमण गरेको सिमानाको विषयमा सरकारले के काम गर्दैछ सदनमा जानकारी दिन माग गरेकी छन्।