कालिकोट। जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेसले २२ वर्षीय सन्तोष मल्ललाई सभापतिमा चयन गरेको छ। पछिल्लो समय नेपाली राजनीतिमा युवाहरुको सक्रिय सहभागिता बढ्दै गएको मान्न सकिन्छ।
मन्ल नेपाल विद्यार्थी संघमा आवद्ध छन्। कर्णाली प्रदेशमा २२ वर्ष मूनिका व्यक्ति कांग्रेसका तर्फबाट वडा सभापतिसम्म बन्न नसकेको मल्लको दावी छ।
नेपाली कांग्रेस कालिकोटका नेता तथा साविक गाविसका पार्टी सभापति भीम बहादुर मल्लको प्रमुख आथित्यता एवं नेपाल शिक्षक संघका केन्द्रीय प्रतिनिधि पदम बहादुर मल्लको विशेष आथित्यताका बीच एक कार्यक्रममा मल्लको नेतृत्वमा १३ सदस्यीय वडा समिति गठन गरिएको हो।
त्यस्तै वडा कार्यसमितिको उपसभापतिमा हर्ष मल्ल, सचिवमा रोशन मल्ल र कोषाध्यक्षमा मुनपुरा मल्ल चयन भएकी छन्।