प्रधानमन्त्रीद्वारा मोदीलाई नेपाल भ्रमणको निम्तो



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गरेका छन्। प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई बुधबार बिहान टेलिफोन गर्दै नेपाल भ्रमणको निम्तो दिएका हुन्। ओलीले एक ट्विट गर्दै अंग्रेजी नयाँ वर्षको अवसरमा मोदीलाई शुभकामनासँगै नेपाल भ्रमणको निम्तो दिएको उल्लेख गरेका छन्।

‘मैले भारतीय प्रम मोदीलाई नेपाल भ्रमणको लागि पुनः आग्रह गरेँ’, ओलीले लेखेका छन्, ‘सन् २०१९ मा दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सफल रहेको निष्कर्ष निकाल्यौं र बाँकी समस्याहरू समाधान गर्दै सम्बन्धलाई अझै उचाइमा पुर्‍याउन सन् २०२० सफल रहेनमा हामीले विश्वास व्यक्त गर्‍यौं।’

दुई देशका सकमकक्षीबीच भ्रमण वर्षको शुभकामना आदानप्रदान भए पनि सीमा विवादबारे कुराकानी भएन भन्नेबारे प्रधानमन्त्री ओलीले केही खुलाएका छैनन्।

भारतले नेपाली भूमि लिम्पियाधुरा क्षेत्र समेटेर हालै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपालले असन्तुष्टि जनाउँदै आएको छ। कूटनीतिक माध्यमबाट यसको समाधान खोजिने सरकारले बताए पनि अहिलेसम्म ठोस ढ‌ंगले प्रक्रिया अघि बढ्न सकेको छैन।